मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ब्ल्याकमेलिङ’मार्फत नियुक्ति, शक्तिको मोहले बहिर्गमन

nayapatrikadaily.com · Mon Feb 14 01:05:00 GMT 2022

अदालतमा आउनुअघि चोलेन्द्र शमशेर जबरा काठमाडौं महानगरपालिकाको कानुन अधिकृत थिए । कानुन व्यवसायीका रूपमा पनि उनी ‘बदनाम’ व्यक्ति थिए । ०५२ मा उनले प्रधानन्यायाधीशको रोलक्रममा रहेका सुरेन्द्र सिंहविरुद्ध सर्वाेच्चमा रिट दायर गरे । सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रको मिति फरक रहेको भन्दै उनले रिट दायर गरेका थिए । तर, पछि कानुन व्यवसायीको आचारसंहिताविपरीत सुरेन्द्रकै पक्षमा बहस गरेका थिए । तर, पछि रिट तामेलीमा राख्न निवेदन दिलाए । सिंहले नै जबरालाई तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए । रिटमार्फत ब्ल्याकमेलिङ गरी उनले न्यायाधीश पद पाएको चर्चा न्यायालयमा छ ।

पुनरावेदन अदालत विराटगनरमा हुँदा म्यारिजलाई जुवा नभई बौद्धिक खेल भनेर फैसला गर्दा विवादमा तानिएका जबराले विशेष अदालतमा रहँदा दर्जनौँ भ्रष्टाचार मुद्दामा सफाइ दिएका थिए । उनलाई कारबाही गर्न सर्वाेच्चको फैसलामै न्यायिक टिप्पणी लेखिएको थियो । नेता जयप्रकाश गुप्तालाई सफाइ दिने उनको विशेषको फैसला उल्टाउँदै सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले राणालाई कारबाही गर्न भनेको थियो । तर, उनी कारबाही रोक्न मात्र सफल भएनन्, सर्वाेच्चकै न्यायाधीशसमेत बने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)