मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने निश्चित

ekantipur.com · Sun May 08 00:36:58 GMT 2022

म्याड्रिड — बार्सिलोनाले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । स्पेनी ला लिगामा उसले रियल बेटिसलाई शनिबार २–१ ले हराएपछि बार्सिलोना लिग तालिकाको शीर्ष चारमा रहने निश्चित भएको हो ।

यो जितपछि बार्सिलोना ६९ अंकमा दोस्रो स्थानमा उक्लेको छ र यो पाँचौंमा रहेको बेटिसमाथि निर्णायक ११ अंकको अग्रता हो । बार्सिलोनाको जितमा जोर्डी अल्बाले दोस्रो हाफको इन्ज्युरी निर्णायक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)