मध्यतमोरको सुरुङ निर्माण सम्पन्न
gorkhapatraonline.com · Sun Jul 17 04:20:24 GMT 2022
चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् आयोजना कुल ७३ मेगावाट क्षमताको हो । आयोजनाले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबार राति १०ः३० बजेतिर सुरुङ छेड्ने कार्य (ब्रेक थ्रु) सम्पन्न भएको जनाएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र फुङ्लिङ नगरपालिकाको फुरुम्बुमा मुख्य संरचना रहने गरी निर्माणाधीन आयोजनाको तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)