मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालन

abhiyandaily.com

सुनसरी (अस) । सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा ल्याएको हो । कुल १५ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको गृहको शुभारम्भ आइतवारदेखि गरिएको हो । उक्त गृहमा अहिले गहुँ, मकै र भटमास भण्डारण गरिने भए पनि विस्तारै अन्य खाद्यान्न पनि भण्डारण गरिने कम्पनीले जानकारी दिएको छ । भण्डारण गृह निर्माणको मुख्य उद्देश्य नै किसानले उत्पादन गरेका खाद्यान्नलाई भण्डारणको सुविधा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महŒवका शहरहरूमा पनि पनि खाद्यान्न भण्डारण गृह निर्माण भइरहेका छन् । उक्त तीनओटै जिल्लामा समेत भण्डारण गृह निर्माणका लागि १ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)