पहिलोपटक बन्यो साइबर सुरक्षा नीति, राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने
nayapatrikadaily.com · Wed Aug 09 00:18:00 GMT 2023
देशमा पहिलोपटक साइबर सुरक्षासम्बन्धी नीति बनेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ स्वीकृत गरेको हो ।
साइबर आक्रमणको जोखिम बढिरहेकाले वर्षौँदेखि यस्तो नीतिको माग हुँदै आएको थियो । साइबर सुरक्षाका लागि यो नीति कोसेढुंगा हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले बताए । ‘हाम्रो साइबर स्पेस र डिजिटल डाटालाई सुरक्षित बनाउने उद्देश्यले सरोकारवालासँग विस्तृत छलफल गरी राष्ट्रिय साइबर सुरक्षा नीति बनाएका छौँ,’ उनले भने, ‘यसले थप ऐन–कानुन बनाउन सहज भएको छ, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पनि परिकल्पना गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)