अभियन्ता रायको पहलमा आइसोलेशन सेन्टर स्थापना
ratopati.com
सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।
सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ । डाक्टरको सेवालगायत अन्य जाँच, औषधी, पोषिलो खानालगायतका सम्पूर्ण सेवा निशुल्क हुने उनले बताए । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ, उनीहरु सबैजनाले निशुल्कै सेवा गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)