मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

Ujyaaloonline.com · Tue Aug 23 00:44:01 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ ।

घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका जेडन सान्चो र मार्कस रासफर्डले एक/एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको १६औँ मिनेटमा सान्चोले गोल गरेपछि युनाइटेडले अग्रता बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)