परराष्ट्रमन्त्री भारत जानुअघि ईपीजी प्रतिवेदनको चाबी हस्तान्तरण
corporatenepal.com · Fri Jun 05 02:19:15 GMT 2026

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन सुरक्षित राखिएको दराजको चाबी नेपालतर्फका संयोजक डा.भेषबहादुर थापाले परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । उमेर र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनले उक्त जिम्मेवारी परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिवको जिम्मामा सुम्पिएका हुन् ।
नेपाल र भारतबीचका द्विपक्षीय सम्बन्ध तथा विद्यमान समस्याका समाधानका उपाय सुझाउन गठन गरिएको ईपीजीले सन् २०१६ देखि २०१८ सम्म विस्तृत अध्ययन गरेको थियो । अध्ययनपछि तयार भएको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारी भए पनि अहिलेसम्म औपचारिकरूपमा हस्तान्तरण हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)