कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहित गोताखोर टोली परिचालन
nepalviews.com · Sat Jul 04 02:19:08 GMT 2026

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट नदीमा खसेर बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले सोनार क्यामरा र म्याग्नेटसहितको विशेष गोताखोर टोली परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार जना गोताखोरसहितको टोली असार १९ गते घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)