सरकारी ढिलाइले इजरायलको रोजगारी अलपत्र
karobardaily.com · Wed Mar 31 01:05:06 GMT 2021
श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको छनोट कार्यविधि बनाउन आलटाल गरेका कारण नेपालले पाएको इजरायलको दुई हजार कोटा नै गुम्ने अवस्थामा पुगेको छ ।
इजरायल सरकारले रोजगारीका लागि पहिलो चरणमा पाँच सय श्रमिक पठाउन ताकेता गरेको चार महिनाभन्दा बढी भए पनि श्रम मन्त्रालयले कार्यविधिको टुंगो लगाउन नसक्दा पहिलो चरणमा जाने भनेका नेपालीको छनोट नै अलपत्र परेको हो । इजरायल जाने श्रमिक छनोट अख्तियारी पाएको वैदेशिक रोजगार विभागले कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयमा पेश गरेको तीन महिना बितिसक्दा पनि कार्यविधि स्वीकृत हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)