आँबुखैरेनीबाट चार लाखबढीको फूल बिक्री
lokaantar.com

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा रु चार लाखबढीको फूल बिक्री गरेको छ । गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य बराबरको फूल बिक्री गरेको हो ।
समूहले प्रतिकिलो रु तीन सय ५० र प्रतिमाला रु एक सयमा बिक्री गरेको जनाएको छ । उत्पादित फूल स्थानीय बजारका साथै पोखरामा बिक्री गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनका अनुसार तेस्रो र चौथो चरणको फूल छठ, एकादशी र मङ्सिरमा हुने बिहेबारीलगायत अवसरमा रु लाख ५० हजार बराबरको बिक्री गर्नेगरी तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)