मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोले फालेलुङका तीन सय ७७ परिवार प्रभावित

lokaantar.com

गत असोज महिनामा गएको बाढीपहिरोले पाँचथरको फालेलुङ गाउँपालिकाका तीन सय ७७ घर परिवार प्रभावित भएका छन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको सङ्ख्या एक हजार सात सय ७७ जना रहेको छ ।

प्रभावितमध्ये ७० घरमा पूर्णरुपमा क्षति पुगेको तथा बाँकी घरमा आंशिक क्षति भएको छ । फालेलुङ गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी वडा नं ५ प्राङबुङमा एक सय ४५ घर परिवार प्रभावित बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)