अर्थतन्त्र नसुधार्ने चुनावी बजेट
ekantipur.com · Tue May 31 00:58:53 GMT 2022
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटले कमजोर स्रोत तथा खर्च क्षमता र संकटोन्मुख अर्थतन्त्रको वर्तमान समयलाई भुलेको र संघीय संसद् र प्रदेश सभा निर्वाचनलाई मात्र विशेष रूपमा सम्झिएको देखिन्छ । निर्वाचनलाई दृष्टि दिँदा धेरै तह र तप्कालाई रिझाउन खोजिएको छ । मुलुकको अर्थतन्त्र सुदृढ गर्ने र यसमा देखिएका अल्पकालीन तथा दीर्घकालीन समस्याहरू समाधान गर्न ठोस कार्यक्रमहरू भने ल्याइएका छैनन् ।
केही सकारात्मक प्रयासका बावजुद समग्रमा अहिलेको सघन समस्याबारे बजेट बेखबरजस्तै देखिन्छ । र, सबैलाई खुसी पार्न खोज्दाखोज्दै पनि सामाजिक सुरक्षाले समेटिने बाहेकका तल्लो तहका जनताको जीवनस्तर उजिल्याउन यसले कुनै प्रकाश छरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)