मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप क्रिकेटमा अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित

Ujyaaloonline.com · Tue Oct 24 00:50:42 GMT 2023

काठमाण्डाै - विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।

पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)