किंग्स कपलाई टेनिस खेलाडी छनोट
ekantipur.com · Wed Aug 09 16:38:46 GMT 2023
काठमाडौँ — नेपाल टेनिस संघले बिली जिन किंग्स कप टेनिसका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएका छन् ।
नेपाल टेनिस संघका सदस्य अजय विष्टका अनुसार रायनाबाहेक सबै १९ औं एसियाली खेलकुदलाई छनोट खेलाडी हुन् । किंग्स कप अक्टोबर १६ देखि २१ सम्म बहराइनमा हुँदै छ । यो प्रतियोगितामा विगतमा नेपालले उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो । नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि सिनियरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले बताए । पहिले नेपाल क्लास ‘सी’ मा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)