मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफन्त फर्काइदिन माग गर्दै रुसी दूतावासमा ज्ञापन

ekantipur.com · Wed Feb 07 01:05:33 GMT 2024

काठमाडौँ — रुसी सेनामा भर्ना भएकालाई फर्काइदिन माग गर्दै परिवारजनले काठमाडौंस्थित रुसी दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका तर्फबाट मंगलबार दूतावास पुगेर ज्ञापनपत्र बुझाइएको हो ।

राजदूतलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा रुसी सेनामा भर्ना भएका नेपालीको दर्दनाक अवस्थाप्रति संवेदनशील हुन र जीवन गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति, रुसी सेनामा रहेका नेपालीको सकुशल घर फिर्ताका लागि वातावरण निर्माण, रुसी फौजमा भर्ती हुनबाट नेपालीलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र निर्णयका लागि दूतवासमार्फत रुसी सरकारको ध्यानाकर्षण गराइएको अभियानकर्ताले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)