मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व हानथापमा अल्झियो गठबन्धन

annapurnapost.com · Sun Dec 25 00:54:00 GMT 2022

काठमाडौं : सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्।

यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अन्नपूर्ण पोस्ट्सँग भने, ‘हामीलाई थप समय चाहिँदैन।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि प्रदेश सरकार बाँडफाँटको विषय गठबन्धनका पाँच दलले प्याकेजमै सहमति जुटाउने नेताहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)