बगर खेतीले फेरिँदै जीवन
ratopati.com · Mon Nov 04 19:15:00 UTC 2024

महोत्तरी । भनिन्छ, 'सय वर्षमा खोला पनि फर्कन्छ,' तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन । विसं २०३० को बाढीले बगर बनाएको जग्गा यहाँका बासिन्दाले चार दशकमै बगरलाई हराभरा बनाएका छन् । बगरमा अहिले आँप, लिची, सपाटो र कागतीसहितका फलका रुख हुर्केका छन् ।
यहाँ मौसमअनुसार फल र तरकारीका लहरा फल्न थालेका पनि चार/पाँच वर्ष नाघेको छ । कुनै टिप्ने भइसकेका, कुनै फुल्दै र चिचिलाले भरपुर । परवल, लौका, फर्सी, करेला, घिरौँला र झिमनीका बग्रेल्ती लहरा । नदी उकास गेग्य्रान ठाउँ अहिले किसानको मेहनतले हराभरा भएको देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । 'बगर बगैँचा र बगैँचामा खेती’ले किसानको जीवन फेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)