अब यस्तो नेतृत्व
himalkhabar.com · Wed Sep 21 01:15:00 GMT 2022
आम जनता एउटा यस्तो नेतृत्वको खोजीमा छन्, जो दैनन्दिन राजनीति र सत्ताको स्वादभन्दा माथि उठेर अर्थतन्त्र, विकास र जनजीविकाको सवालमा केन्द्रित होस्।
देश विकासका लागि व्यक्ति (नेतृत्व) महत्त्वपूर्ण कि बलियो संरचना भन्नेमा अर्थ–राजनीतिक शोधमा लामो समयदेखि विमर्श हुँदै आएको छ। अर्थशास्त्रीद्वय डारन असेमग्लु र जेम्स रबिन्सनले ह्वाई नेशन्स फेल (सन् २०१२) पुस्तक प्रकाशन गरेपछि बलियो र लोककल्याणकारी संरचना नै विकासको आधार भन्ने मान्यता स्थापित हुन थाल्यो। तर, अभ्यासमा भने विश्वभर नै व्यक्तिको भूमिकालाई अहं मान्दै पहिचान, विकास आदिको कुरा गर्दा इतिहासका गम्भीर मोडहरूमा अब्बल नेतृत्व गरेका केही खास व्यक्तिको नाम लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)