नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा
hamrakura.com · Sun Apr 16 00:00:00 GMT 2023
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासङ्घको अध्यक्षको रूपमा पदभार ग्रहण गरेका छन्। ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारण सभाबाट महासङ्घको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन्।
ढकाल महासङ्घको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारण सभाबाट स्वतः अध्यक्ष बनेका हुन्। महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ। बिहीबार सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको शपथ लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)