सल्यानमा पेस्तोलसहित एक जना पक्राउ
baahrakhari.com · Wed Sep 01 17:15:00 GMT 2021
दाङ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ का २८ वर्षीय गणेश रावल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
भारतीय नम्बर प्लेट भएको सीएच ०१ बीपी २१९४ नम्बरको मोटसाइकलमा सवार रावल सल्लीबजारस्थित प्रहरी चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा भागेपछि इलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको निमित्त प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)