भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, कहाँको कति ?
baahrakhari.com · Sat Apr 06 17:21:01 UTC 2024

काठमाडौं । प्रिमनसुन सुरु भएयता नेपालमा तापक्रम बढ्दै गएको छ । आउँदा दिनमा अझै तापक्रम बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)