मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार

rajdhanidaily.com · Thu Nov 25 23:41:02 GMT 2021

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ३ दशमलव २२ अंकले घटेर २ हजार ७३१ दशमलव ७८ बिन्दुमा रोकिएको बजारमा ३ अर्बको मात्रै सेयर कारोबार भएको हो ।

यस दिन कारोबार अवधिभर नै नेप्सेमा सामान्य अंकको मात्र उतारचढाव भएको देखिन्छ । ‘पर्ख र हेर’ को रणनीति अपनाएर बसेका लगानीकर्ता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा रहेका कारण उनीहरूले यस्तो रणनीति अपनाएको जानकारहरूको बुझाई छ । आगामी दिनको बजारलाई सो समीक्षाले प्रत्यक्ष प्रभाव पर्ने भएकोले, समीक्षा पुँजीबजारमैत्री आउने हो कि होइन भन्ने पर्खाइमा बसेका हुन् । मौद्रिक नीति समीक्षमा थोरै मात्र सकारात्मक विषय आएमा बजारले नयाँ उचाइ लिन सक्ने आधारभूत तथा प्राविधिक विश्लेषकहरूले बताइरहेका छन् । बजार बढ्न थालेपछि कारोबार रकम पनि क्रमशः विस्तार हुँदै जाने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)