ट्रम्पको नियन्त्रण बाहिर जाँदै इरान युद्ध
barnanmedia.com · Mon Mar 23 21:15:01 GMT 2026

इरानसँगको युद्ध तेस्रो हप्ता प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निक्कै ठूलो संकटको सामना गरिरहेका छन् । यस्तो देखिँदै छ कि युद्ध उनको नियन्त्रणबाट बाहिर जाँदै गरेको देखिन्छ। युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य बढिरहेका छन्, अमेरिका आफ्ना सहयोगीहरूबाट अलगिएको छ, र युद्ध छोटो हुने ट्रम्पको वाचा विपरीत थप अमेरिकन सैनिकहरू युद्धस्थलमा पठाउने तयारी भइरहेको छ।
रक्षात्मक अवस्थामा पुगेका ट्रम्पले होर्मुज जलडमरूको सुरक्षा गर्न सहयोग नगरेको भन्दै नेटोमा संलग्न देशहरूलाई 'कायर' भने। उनले युद्ध योजना अनुसार नै अघि बढिरहेको दाबी गरिहेका छन्। शुक्रबार 'यो युद्ध सैन्य ढंगले जितिसकिएको' पनि भनेका छन् । तर वास्तविकता फरक देखिन्छ—इरानले खाडी क्षेत्रको तेल र ग्यास आपूर्ति अवरुद्ध गर्दै क्षेत्रभरि मिसाइल आक्रमण गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)