माओवादी महाधिवेशनमा २० वर्षदेखि ज्यानमा गोली बोकेका यी ‘ब्रिगेड कमान्डर’
nepalkhabar.com · Tue Dec 28 15:56:02 GMT 2021
कमलादीस्थित प्रज्ञा भवनमा तामझाम छ। नेकपा माओवादी केन्द्रको ८औँ महाधिवेशन चलिरहेको छ। देशभरका महाधिवेशन प्रतिनिधि भेला भएका छन्। त्यही भिडमा भेटिए, जनयुद्धका ब्रिगेड कमान्डर ध्रुव बुढाथोकी ‘धिरेन’।
खोटाङ दोर्पाका बुढाथोकी पार्टीमा लागिसकेपछि धिरेन भनेर बढी चिनिन थाले। महाधिवेशनमा आएका उनी हँसिला देखिन्थे। तर, उनको शरीर भने चोटग्रस्त छ। उनको दाहिने हातको कुहिनानजिकै इन्सास राइफलको गोली अड्किएको छ। दाहिनेतिरकै दुई वटा करङ भाँचिएका छन्। बमका छर्रा भासिएका छन्। उनको शरीरमा गोली गाडिएको पाँच वर्षपछि पार्टीले युद्धको बाटो छाड्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)