मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४५ वर्षदेखि हराइरहेका पुरुष भेटिए, प्रहरीले लगायो आफन्तको जिम्मा

nepallive.com · Sun Dec 24 01:43:05 GMT 2023

काठमाडौं – विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ। ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नम्बर ३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको हो।

लिम्बु विगत ४०–४५ वर्षदेखि बेपत्ता थिए। लामो समयसम्म आफन्तको सम्पर्कमा नभएका उनी २ महिना अगाडि भारतको सिक्किममा फेला परेको जानकारी प्राप्त भएको थियो। अन्तर्राष्ट्रिय मानव वरिषद् नामक संस्थाले २ महिना अगाडि फेला पारी उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)