सत्ता बार्गेनिङमा मधेसवादी मोर्चा
abhiyandaily.com
प्रधानमन्त्रीको निर्वाचन हुने दिन नजिकिँदै गर्दा मधेसवादी दलहरूले मोर्चाबन्दी सुरु गरेका छन् । उनीहरूले मंगलबारसम्म सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । सत्तासयरको अवसरमा चार पटक विभाजित हुँदै र पुनः जुट्दै आएका उनीहरूको मोर्चाबन्दीअहिले पनि सत्ता बार्गेनिङमै केन्द्रित देखिन्छ ।
सत्ताबाहिर रहँदा एकताको कुरा गरे पनि सरकारमा जाने अवस्थामा भने मधेसवादी दलहरू मिल्न नसकेको इतिहास छ । पदीय जोडघटाउ नमिलेका कारण सबभन्दा पुरानो मधेसवादी दल सद्भावना पार्टी आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएको छ । भर्खरै मात्र सरिता गिरीको सद्भावना आनन्दीदेवीको एक पक्षले उनैलाई हटाएको घोषणा गर्यो । मधेसको सबैभन्दा ठूलो पार्टी मधेसी जनअधिकार फोरम पनि माधव नेपाल सरकार बन्ने बेलामा दुई टुक्रा भएको थियो । संसद्मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका २७, उपेन्द्र यादव नेतृत्वको फोरमका २५, तमलोपाको २० र विभिन्न सद्भावनाका ९ सभासद् रहेका छन् । मधेसवादी सभासद्को कुल संख्या ८१ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)