कोलम्बियामा विमान दुर्घटना, ९० जनाको मृत्यु
barnanmedia.com · Mon Mar 23 22:04:48 GMT 2026

कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ। ११० जना सवार रहेको उक्त विमान अवतरणका क्रममा दुर्घटनामा परेको कोलम्बियाली रक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमानमा सवार करिब २० जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी स्थानीय अस्पताल पुर्याइएको छ। कोलम्बियाको प्रमुख पत्रिका एल कोलम्बियानोका अनुसार दुर्घटनाग्रस्त विमानमा सैन्य अधिकारी र उनीहरूका परिवारका सदस्यहरू सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)