लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
ratopati.com · Wed Apr 02 17:04:00 GMT 2025

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)