मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी अधिकारीसँग वार्ता भएको खबर इरानी संसद् अध्यक्षद्वारा अस्वीकार

barnanmedia.com · Mon Mar 23 22:18:06 GMT 2026

इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् । विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग उनको गोप्य वार्ता भएको दाबी गरेपछि गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत सो कुराको खण्डन गरेका हुन् ।

यसअघि, विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले इरानी संसद् अध्यक्ष गालिबाफसँग वार्ता गरिरहेको खबर सार्वजनिक गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)