चितवनमा ३८ हजार भूमिहिन र अव्यवस्थित बसोवासी
dcnepal.com · Mon Apr 19 17:42:04 GMT 2021
चितवन। जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन्। १५ हजार ६७९ भूमिहिन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन्।
भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा पालिकामार्फत फाराम भरेका छन्। आयोगका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकका अनुसार भरतपुर महानगरपालिकामा चार हजार ८५८ अव्यवस्थित बसोवासी र पाँच हजार ५२ सुकुम्वासीले फाराम भरेका छन्। त्यसैगरी रत्ननगर नगरपालिकामा ९९९ अव्यवस्थित र एक हजार ३९९ सुकुम्बासी, खैरहनी नगरपालिकामा दुई हजार २२८ अव्यवस्थित र एक हजार ३५ सुकुम्बासीले फाराम भरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)