मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आँबुखैरेनी गाउँपालिकाद्वारा घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

deshsanchar.com · Fri Oct 20 01:29:00 GMT 2023

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैंलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ। गाउँपालिकाले चालु आव २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो।

नेपालीको महान् पर्व बडादसैं सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैं खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)