करिब २ खर्ब लागतका ६ सिँचाइ आयोजनाको प्रगति सुस्त : तीन दशक पुराना परियोजना पनि अझै सकिएनन्
nayapatrikadaily.com · Wed Feb 16 00:31:00 GMT 2022
सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवअन्तर्गत रहेका सिँचाइ अयोजना सम्पन्न हुँदा देशभर तीन लाख २३ हजार पाँच सय ८७ हेक्टर जमिनमा सिँचाइ पुग्छ । तर तीन दशकसम्म पनि निर्माण सम्पन्न हुन सकेन । करिब दुई खर्ब लागतका परियोजना निर्माण सुस्त देखिएको छ । सरकारले गौरवका रूपमा घोषणा गरेका ६ वटामध्ये महाकाली सिँचाइ आयोजनाले ३३ हजार पाँच सय २० हेक्टर जमिन सिँचाइ गर्नेछ ।
त्यस्तै, बबई सिँचाइ आयोजनाले ३६ हजार, सिक्टा सिँचाइ आयोजनाले ४२ हजार सात सय ६६ हेक्टर र रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत ३८ हजार तीन सय हेक्टर जमिन सिँचाइ हुनेछ । त्यसबाहेक भेरी बबई डाइभर्सन बहुउद्देश्यी आयोजनाले ५१ हजार र सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सबैभन्दा धेरै एक लाख २२ हजार हेक्टरमा सिँचाइ हुनेछ । सुनकोसी मरिन डाइभर्सन आयोजनामा पहिलो चरणका रूपमा बागमती सिँचाइ आयोजनाअन्तर्गत ४५ हजार हेक्टरमा सिँचाइ भइसकेको छ । अब बन्ने दोस्रो चरणअन्तर्गत मधेस प्रदेशको थप ७७ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । यी ६ वटा परियोजनामा सरकारले कुल १ खर्ब ८९ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)