मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ वर्षपछि बस्दै माओवादीको केन्द्रीय बैठक

ekantipur.com · Wed Aug 02 00:49:51 GMT 2023

काठमाडौँ — माओवादीको महाधिवेशन भएको डेढ वर्ष बिते पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । महाधिवेशनबाट पारित निर्णय नै अलपत्र छन् । केन्द्रीय सदस्यको संख्या ६ सय नाघे पनि अझै थप्नुपर्ने दबाब छ । पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समितिको पूर्ण बुधबारदेखि सुरु हुँदै छ । २०७८ पुसमा महाधिवशेनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको थियो । पदाधिकारी र स्थायी समिति सदस्य चयन गरेपछि बैठक फेरि बस्न सकेन ।

महाविधेशनका अलपत्र एजेन्डाहरू केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ । गत मंसिरमा आम निर्वाचनपछि माओवादीले संघीय र दुई प्रदेश सरकारका साथै १२१ स्थानीय सरकारको नेतृत्व गर्दै आएको छ । अध्यक्ष दाहाल आफैं प्रधानमन्त्री भएपछि संगठनका कामकारबाही झन् सुस्ताएका छन् । नेताहरूले जिम्मेवारी नपाउँदा प्रायः सबै संगठन, विभाग ‘प्यारालाइज्ड’ अवस्थामा पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)