तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ
barnanmedia.com · Tue Aug 04 00:44:42 GMT 2026

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहदानी ऐनअन्तर्गतको कसुरमा उनलाई सोमबार त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएसँगै सीआईबीको टोलीले उनलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)