मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री फेर्ने बेला

ekantipur.com · Sat Jan 27 20:54:14 GMT 2024

सरकारको आयु एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाउँमा सम्बोधन गर्दै आफूले चाहेअनुसारको प्रतिफल दिन नसकेको उल्लेख गरेर काम गर्न नसक्ने मन्त्रीहरूलाई स्वेच्छाले पद छाड्नुपर्ने सन्देश दिएका थिए ।

उनको सम्बोधनपछि तत्कालै मन्त्रिपरिषद्मा केही परिवर्तन होला भन्ने आशा गरिएको थियो । तर सत्तारूढ सरकारको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवाको अनिच्छाले गर्दा मन्त्री हेरफेर भएन । देउवाले राष्ट्रिय सभाको निर्वाचनलाई देखाएर मन्त्री हेरफेर रोकेको बताइन्छ । निर्वाचन माघ ११ मा भइसकेको छ । अब पनि प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर योग्य नेताहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्न सकेनन् भने उनी लाचार प्रधानमन्त्री मानिनेछन् । त्यसैले प्रधानमन्त्री प्रचण्ले आफ्नो बोलीको मान राख्न केही मन्त्री हेरफेर गर्नैपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)