मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

देउसीभैलोमा रमाए पर्यटक

barnanmedia.com · Mon Nov 04 22:27:23 UTC 2024

काठमाडौँ, २० कात्तिकः जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन् । इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटकहरु पनि नाचगान गरेर रमाइलो गरेका बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)