गर्मी बढेपछि सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा
lokaantar.com · Wed May 31 16:46:36 GMT 2023
दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउन वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)