कांग्रेसलाई प्रधानमन्त्रीका प्रमुख दुई चुनौती : पार्टी एक बनाउनू, एमालेसँग मिलेर देखाउनू
farakdhar.com · Wed Mar 13 17:29:39 GMT 2024
बुधबार संसदमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रमुख रूपमा दुईवटा चुनौती दिए । उनले दिएको पहिलो चुनौती हो, कांग्रेसले आन्तरिक रूपमा एक भएर देखाओस् ।
निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले अहिले युद्धविराम नै गरेर आफूप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको उनको गुनासो थियो । ‘पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु,’ उनले भने, ‘साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)