मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सामाजिक उद्देश्य लिएर देउसीभैलो

barnanmedia.com · Mon Nov 04 22:34:57 UTC 2024

काठमाडौँ, २० कात्तिकः तिहारमा खेलिने देउसीभैलो पछिल्लो समय संस्कृतिको जगेर्नासँगै सामाजिक उद्देश्य राखेर खेलिएको छ । तिहारको संस्कृति संरक्षणसँगै विद्यालय सुधार गर्न, कोष स्थापना गर्न, पूर्वाधार बनाउनलगायत उद्देश्य राखेर देउसीभैलो खेल्न थालिएको हो ।

बागलुङ बजारका चोकचोकमा तिहारमा देउसीभैलोका गीत गुञ्जिएका थिए । गाउँघरमासमेत तिहारको रौनकता छाएको थियो । क्षत्री समाज बागलुङ, मगरसङ्घ बागलुङ, डाइनामिक डान्स ग्रुप बागलुङ, सुनौलो बागलुङ र मगर आमासमूहलगायतको देउसीभैलोले बागलुङ बजार सहित अन्य क्षेत्र गुञ्जयमान भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)