यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
barnanmedia.com · Mon Nov 04 22:37:44 UTC 2024
काठमाडौँ, २० कात्तिकः नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)