बंगलादेशविरुद्ध कहाँ चुक्यो नेपाल ?
onlinekhabar.com · Wed Jan 31 17:19:57 GMT 2024
१७ माघ, काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बुधबार बंगलोदशसँग पाँच विकेटले पराजित भयो । जितको लागि १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका स्पिनर सुवास भण्डारीले पाँच विकेट लिए पनि खेल जिताउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । देव खनालले ६० बलमा ३ चौकासहित ३५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)