तीन फर्मलाई विभागको जरिवाना
barnanmedia.com · Mon Mar 23 23:41:57 GMT 2026

काठमाडौँ, १० चैतः नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो ।
विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरेको छ । ललितपुर महानगरपाली-१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई रु १० हजार र सूर्यविनायक नगरपालिका-६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई रु १० हजार जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)