मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

barnanmedia.com · Mon Mar 23 23:40:35 GMT 2026

मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा रु दुई करोड ३० लाख बजेट विनियोजन गरेको हो ।

धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी तीन वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्नेगरीबजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि रु एक करोड ५० लाख र प्रदेश सरकारबाट अख्तियारी प्राप्त तीन वटा आयोजनाका लागि रु ८० लाख बजेट विनियोजन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)