मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी

barnanmedia.com · Mon Mar 23 23:44:35 GMT 2026

गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । गत आव र चालु आवको तथ्याङ्कका आधारमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी क्षयरोगी भेटिएका हुन् ।

चालु आवको फागुन मसान्तसम्म जिल्लामा ३६२ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा १६ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँमध्ये १४ वर्ष मुनिका दुई जना बालबालिका रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)