मोदीविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव
ekantipur.com · Thu Jul 27 00:29:29 GMT 2023
नयाँदिल्ली — भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव परेको छ । बुधबार कंग्रेस र बीआरएस पार्टीले लोकसभामा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कंग्रेसका तर्फबाट लोकसभामा उक्त दलका उपनेता गौरव गोगोई र बीआरएसका तर्फबाट नमा नागेश्वर रावले प्रस्ताव पेस गरेका छन् ।
सभामुख ओम बिरलाले प्रस्तावलाई स्वीकार गरे पनि छलफलका लागि मिति तोकेका छैनन् । यसअघि सन् २०१८ मा पनि मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)