फेला परेन सुनकोशीमा बेपत्ता कार, बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन
himalpress.com · Tue Aug 04 01:52:22 GMT 2026

काठमाडौँ- सुनकोशीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीमा आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भएका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा तीन जना यात्रुसहितको एउटा कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको थियो।
बेपत्ता भएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ घर भएका ३९ वर्षीय दिल कुमार लामा रहेका खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)