मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेश अध्ययनमा दुई महिनामै २८ अर्ब

ekantipur.com · Mon Nov 04 23:42:56 UTC 2024

काठमाडौँ — गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

यो गत वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि बाहिरिएको रकमभन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)