मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासद्वारा इजरायलका दुई वृद्धा रिहा, गाजामा अझै २२० जना बन्धक

kalakarmi.com · Tue Oct 24 01:10:50 GMT 2023

तेल अभिभ– इजरायल तथा हमासबीच पछिल्लो १७ दिनदेखि युद्ध जारी छ । यसैबीच, अहिले हमासका लडाकूहरु केही नरम देखिन थालेका छन् ।

हमासका लडाकूहरुले सोमवार साँझ थप दुई बन्धकलाई रिहा गरेका छन् । ती दुबै बन्धक इजरायलका वृद्धाहरु हुन् । हमासले दुबैलाई रिहाई गर्नुको पछाडि मानवीय कारण बताएको छ । हमासका अनुसार दुबै महिलाहरुको खराब स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुलाई रिहा गर्ने निर्णय लिइएको हो । यता, इजरायलले उक्त रिहाईका लागि मिश्र तथा रेडक्रम संगठनलाई धन्यवाद दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)