यी सडकमा आज पनि ठप्प छन् गाडी
himalpress.com · Tue Aug 04 02:19:24 GMT 2026

काठमाडौँ- केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका ३, पाण्डुरमा पहिरो खसेका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौँको नागार्जुन नगरपालिका ८, ठूलो खोलामा पहिरो जाँदा सितापाइला धार्के सडक खण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)